Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.79K
shares

काठमाडौं, ११ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.४५ अंकले घटेर २,९३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने उक्त ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।