Dhulikhel Eco Banner new

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.89K
shares

काठमाडौं, ११ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४।४५ अंकले घटेर २,९३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा अभियानलघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सालपा विकास बैंकका लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका छन् भने कर्पाेरेट विकास बैंकका लगानीकर्ताले ६.७१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले गुमाएका छन् भने महुली लघुवित्तका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले गुमाएका छन् ।