Dhulikhel Eco Banner new

शेयर बजार करिब १० अंकले घट्यो

4.42K
shares

काठमाडौं, २० असार । शेयर कारोबार हुने हप्ताको दोस्रो दिन पुँजी बजार पुनः ओरालो लागेको छ । लगातार दुई दिन बढेको शेयर कारोबार सोमबार ९.७५ अंकले घटेको हो ।

अघिल्लो दिन ५७ अंकभन्दा बढीले बढेरे २ हजार ८६.३८ विन्दुमा रहेको कारोबार सोमबार भने ९.७५ अंकले ओरोलो लागेर २ हजार ७६.६७ विन्दुमा पुगेको छ । पछिल्लो समय शुक्रबार र आइतबार लगातार रुपमा शेयर बजार बढेको थियो ।

शेयर बजार सोमबार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अंकले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । तर पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अंकसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झन्डै १० अंकले आरोलो लागेर रोकिएको छ ।

सोमबार नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड ९ लाख कित्ता शेयर अरिद बिक्रीबाट चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भयो । सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिप परिसूच कभ पनि सोमबार २.८९ अंकले घटेर ३९५.९४ विन्दुमा पुगेको छ ।