प्रि ओपन सेसनमा साढे ४ अंक बढ्यो नेप्से
वि.सं.२०७९ असार २४ शुक्रवार ११:२१
4.58K
shares
shares

काठमाडौं, २४ असार । शेयर कारोबार हुने हप्ताको अन्तिम दिनकाो प्रि सेसनमा नेप्से परिसूचक बढेको छ । प्रि सेसनमा नेप्से साढे ४ अंक बढेको हो ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १६.६० अंक घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.५५ अंक बढेर २०३१.८७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ ।
शुक्रबार प्रि ओपन सेसनमा १४ स्टकको ४ लाख ७४ हजार ९७९ रुपैयाँ ४० पैसा बराबरको ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।















