Dhulikhel Eco Banner new

६ वटा बैंकबाट आईपीओ भर्दा शुल्क नलाग्ने

4.77K
shares

काठमाडौं, १६ भदौ । पछिल्लो समय आईपीओ शुल्क नलिने बैंकहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समय नेपाल बैंक र सानिमा बैंकले सी–आश्वा शुल्क नलिने घोषणा गरेसँगै आईपीओ भर्दा आफ्ना ग्राहकबाट शुल्क नलिने बैंकको संख्या ६ पुगेको हो ।

अब यी बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा कुनै शुल्क तिर्नु पर्ने छैन् । बाँकी बैंकबाट आईपीओ भर्दा पनि अब ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने नियम ल्याइएको छ । नेपाल धितोपत्र बोर्डले ल्याएको यो नियम अनुसार कुनै पनि बैंकले आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको हो ।

नबिल, एनआईसी एशिया, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र सानिमा बैंकबाट आईपीओ भर्दा कुनै शुल्क लाग्दैन् । अन्य बैंकबाट भर्दा भने ५ रुपैयाँ शुल्क लाग्ने छ । यसअघि बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए ।

नेपाल धितोपत्र बोर्डले सी–आश्वा सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक भएको भन्दै ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ को तेस्रो संशोधन मार्फत सी–आश्वा शुल्क ५ रुपैयाँ लिने व्यवस्था गरेको हो ।