GBIME

नेप्सेमा ३२ अंक बढीको गिरावट, परिसूचक १९३७ विन्दूमा

1.08K
shares

काठमाडौं, २५ भदौ । यो साता नेप्से परिसूचकमा ३२ अंक भन्दा बढीको गिरावट आएको छ । कारोबार भएको ६ दिनको अवधिमा शेयर बजार ३२ दशवल ८८ अंकले घटेर १९३७ दशमलव ७४ विन्दुमा पुगेको हो ।

गत साता १९७० दशमवल ६२ विन्दुमा रहेको शेयर बजारमा यो सात १.६७ प्रतिशतले कमी आएको हो । त्यसैगरी, यो हप्ता सेन्सेटिभ इण्डेक्स ६.३६ अंक घटेर ३७६.८४ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.३० अंक घटेर १३३.९९ विन्दुमा झरेको छ । यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेर १२३.२२ विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब १ करोडका मात्र शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १९.८९ प्रतिशत घटेको हो । त्यसैगरी, यस साताको दैनिक औषत कारोबार संख्या १६.२२ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या १६.०१ प्रतिशत घटेको छ ।

यो हप्ता नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ । गत साता २८ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ४७ अर्ब रुपैयाँ अर्थात १.६७ प्रतिशत घटेर २७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । यो हप्ता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक ०.४७ प्रतिशत घटेको छ ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०३.१६ अंक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको सबैभन्दा कम ०.१३ अंक घटेको छ ।