GBIME

एक दर्जन कम्पनीको लाभांश घोषणा

756
shares

काठमाडों, २५ भदौ । एक दर्नन कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट प्राप्त गरेको रकमका आधारमा लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा ९ वटा म्यूचूअल फण्ड रहेका छन् । त्यस्तै दुई वटा क्यापिटलल र १ हाइड्रोपावर कम्पनी रहेको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषाणा गर्नेमा सानिमा माई आइड्रोवापर इक्वीटी पहिलो कम्पनी बनेको छ । यो कम्पनीले कर सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै ९ म्युचुअल फण्डले लाभांश प्रस्ताव गरिसकेका छन् । एनएमबि क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित दुबै फण्डले गत आवबाट सर्वाधिक २१.०५ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरणको प्रस्ताव गरेका छन् । सबैभन्दा कम एनआईबिएल प्रगति फण्डले चुक्ता पुँजीको ४.२० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

त्यस्तै लक्ष्मी इक्वीटी फण्ड लक्ष्मी उन्नती कोष दुवैले ५ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यसतै एनआईबिएल सहभागिता फण्डले ७.२० प्रतिशत, सिद्धार्थ इक्वीटी फण्डले ९ प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डले १२ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि योजनाले १० प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

दुई क्यापिटलमा एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व रहेको एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने कुमारी बैंकको पूर्ण स्वामित्व रहेको कुमारी क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।