Dhulikhel Eco Banner new

शेयर बजारमा १५ अंकभन्दा बढीको गिरावट, परिसूचक १८६७ विन्दुमा

5.03K
shares

काठमाडौं, ९ पुस । यस साता नेप्से परिसूचक १५ अंक भन्दा बढी घटेको छ । शेयर बजार गत साताभन्दा १५ दशमलव ३९ अंकले घटेर १८६७ दशमलव २१ विन्दुमा झरेको हो ।

गत साता शेयर बजार परिसूचक १८८२.६० विन्दुमा बन्द भएको थियो । साताभरिको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन भने नेप्सेमा सकारात्मक संकेत देखिएको थियो । यो साता सोमबार र मंगलबार नेप्से परिसूचक बढेको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ०.९८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ । यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ३ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ९९ करोडको शेयर खरिदबिक्री भएको छ । यस साता दैनिक औषत शेयर संख्या ११.११ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २०.४१ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण पनि घटेको छ। गत साता २७ खर्ब २१ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता २१ अर्ब रुपैयाँ घटेर २७ खर्बमा सीमित भएको छ । यस साता १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ ।

यस साता अन्य उपसमूहको परिसूचक २.६५ प्रतिशत बढेको छ । गत साता १४७५.७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३९.१७ अंक बढेर १५१४.८९ विन्दुमा पुगेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८०.२० अंक घटेको छ ।

यस साता धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५५.८१ प्रतिशत बढेको छ । त्यसैगरी, खप्तड लघुवित्तको शेयरमूल्य यस साता २४.२३ प्रतिशत, आदर्श लघुवित्तको १४.७८ प्रतिशत र घलेम्दी हाइड्रोको १२.८५ प्रतिशत बढेको छ । कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको शेयरमूल्य यस साता सर्वाधिक १२.९७ प्रतिशत घटेको छ। त्यस्तै, फरवार्ड लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ ।