Dhulikhel Eco Banner new

शेयर बजारमा करिब १ प्रतिशतको गिरावट, काराेबार रकम ९२ कराेड मात्रै

4.42K
shares

काठमाडौं, २० चैत । हप्ताको दोस्रो कारोबार दिन पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशतले घटेको शेयर परिसूचक १८७१ दशमवल ८८ विन्दुमा झरहेको हो ।

सोमबार शेयर बजार १६ दशमलव ६७ अंकले घटेको हो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ८८ प्रतिशतको गिरावट हो । बजारसँग कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज शेयर बजारमा २६० कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता शेयर किनबेचबाट ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर मूल्यमा उच्च गिरावट आएको हो । बजारसँगै कारोबार रकम पनि घटेको छ । त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आरोला लागेको छ । अघिल्लो दिनको तुलनामा ३ दशमलव ०५ अंकले ओरोलो लागेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव ७१ अंकमा झरेको छ ।