दोल्ती पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८० वैशाख ३ आइतवार १०:४५
shares

काठमाडौं, ३ वैशाख । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत २८ गतेदेखि आवेदन खुल्ला गरेको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँको १० लाख ७२ हजार ९७२ कित्ता शेयर निष्कासन गरेको छ । जसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोष, १ लाख ७ हजार २९८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल मार्केट रहेको छ ।



















