Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६० करोड मात्रै

3.9K
shares

काठमाडौं, २४ वैशाख । हप्ताको पहिलो कारोबारको दिन शेयर बजार १९ दशमलव १२ अंकले ओरालो लागेको छ।

आइतबार शेयर बजार १९ दशमलव १२ अंकले घटेर १८५० दशमलव ६१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरवाट आएको छ । आइतबार २६३ कम्पनीका २० लाख १५ हजार ९५९ कित्ता शेयर खरिद बिक्री हुँदा ६० करोड ८१ लाख ३५ हजार ०९४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव १४ अंकले घटेर ३५४ दशमलव ७८ विन्दुमा पुगेको छ ।