Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम १ अर्ब ९५ करोड

5.58K
shares

काठमाडौं, २२ जेठ । हिजो एकै दिनमा ५० भन्दा बढि अंकको सुधार आएको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट आएको छ । सोमबार शेयर बजार १७ अंकले ओरालो लागेको छ । आज शेयर बजार परिसूचक १७ दशमलव ३८अंकले घटेर १९०१ दशमलव ९९ विन्दुमा पुगेको छ ।

सोमबार २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स २ अंकको गिरावट आएको छ । सोमबार २ दशमलव ८८ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३६२ दशमलव २२ बिन्दुमा पुगेको छ ।