शेयर बजारमा सुधार, कारोबार रकम २ अर्ब ३० करोड
वि.सं.२०८० जेठ २५ बिहीवार १५:०९
7.09K
shares
shares

काठमाडौं, २५ जेठ । शेयर बजारमा बिहीबार ७ अंकको सुधार भएको छ । आज ७ दशमलव २७ अंकको सुधार आएर शेयर बजार परिसूचक १९३९ दशमलव ६१ विन्दुमा पुगेको छ ।
बिहीबार २७३ कम्पनीका ५९ लाख ६२ हजार ०९३ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आज १ दशमलव ०५ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३६४ दशमलव ४२ विन्दुमा पुगेको छ ।



















