शेयर बजारमा सुधार, कारोबार रकम ४ अर्ब १२ करोड
वि.सं.२०८० जेठ ३० मंगलवार १५:१४
4.45K
shares
shares

काठमाडौं, ३० जेठ । आज शेयर बजारमा सोमबार ३४ अंकको सुधार भएको छ । आज ३४ दशमलव १७ अंकको सुधार आएर शेयर बजार परिसूचक २०२० दशमलव ६४ विन्दुमा पुगेको छ ।
मंगलबार २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ६ दशमलव ५२ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७९ दशमलव ८७ विन्दुमा पुगेको छ ।


















