Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम २ अर्ब बढि

5.66K
shares

काठमाडौं, २१ मंसिर । साताको शेयर कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा केही सुधार देखिएको छ । हिजो ३ अंकको मात्रै सुधार आएको शेयर बजार आज भने ११ अंकले बढेको छ । आज ११ दशमलव ७३ अंकले बढेको शेयर बजार १८५२ दशमलव ७७ विन्दुमा पुगेको छ ।

बिहीबार २९९ कम्पनीका ९५ लाख ०५ हजार ६०८ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकममा निकै सुधार आएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ५८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव २८ विन्दुमा पुगेको छ ।