शेयर बजारमा दोहोरो अंकको सुधार
वि.सं.२०८० मंसिर २६ मंगलवार १५:१४
shares

काठमाडौं, २६ मंसिर । साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोदोरो अंकको सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन दोहोरो अंकको गिरावट आएको शेयर बजार आज पुन उकालो लागेको छ । आज शेयर बजार ३६ अकंले बढेको छ । आज ३६ दशमलव ८६ अंकले बढेको शेयर बजार १९८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।
मंगलबार २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ४ दशमलव ९४ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७४ दशमलव ३६ विन्दुमा पुगेको छ ।



















