Dhulikhel Eco Banner new

श्वेत गंगा हाइड्रोपावरको २३ गतेबाट स्थानीयका लागि आईपीओ खुुल्दै

5.32K
shares

काठमाडौं, १५ जेठ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

पहिलो चरणमा कम्पनीले जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाखको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।

कुल कित्ता आईपीओमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता शेयर विक्री गर्न लागिएको हो ।

यो आईपीओ छिटोमा असार ६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २१ गतेसम्म विक्रीको मिति तय भएको छ ।

स्थानीयहरूले आईपीओ खरीदका लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट आवेदन दिन सक्नेछन् ।

सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।