Dhulikhel Eco Banner new

शेयर बजारमा २२.३६ अंकले गिरावट, कारोबार रकम खुम्चियो

2.67K
shares

काठमाडौं, १३ असोज । आइतबार शेयर बजारमा २२.३६ अंकले गिरावट आएको छ । शेयर बजार २३.१० अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ ।

यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ र १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ४अर्ब ५ करोडको कारोबार भएको हो ।

अधिकांश कम्पनीको घट्दा पनि वीन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ६.५५ प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै अपर स्याङ्गेको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ९.९९ प्रतिशतका दरले घटेको छ ।

बैंकिङ ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५, अन्य १.०२ प्रतिशत घटेको छ भने उत्पादन समूह भने १.०३ प्रतिशतले बढेको छ।