शेयर बजारमा उच्च अंकले वृद्धि, निरन्तर खुम्चिदै कारोबार
वि.सं.२०८१ असोज १४ सोमवार १५:०५
shares

काठमाडौं, १४ असोज । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.४५ अंकले बढेर २,५०८ बिन्दुमा कायम भएको छ ।
यसदिन २१० कम्पनीको शेयर मूल्य बढेको छ र ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ३ अर्ब ७१ करोडको कारोबार भएको हो ।
यसदिन सिइडिबी हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन १० प्रतिशतका दरले बढेको छ ।
अधिकांश कम्पनीको बढ्दा प्रभु सेलेक्ट फन्डको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ९.३६ प्रतिशतका दरले घटेको छ ।
बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढेको छ ।



















