शेयर बजारमा २६.०७ अंकले गिरावट
वि.सं.२०८१ असोज १६ बुधवार १५:०५
shares

काठमाडौं, १६ असोज । बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार २६.०७ अंकले घटेर २,५९७ बिन्दुमा कायम भएको छ ।
यसदिन ५४ कम्पनीको शेयर मूल्य बढेको छ र १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । मंगलबारको तुलनामा कारोबार रकम खुम्चिएर ६ अर्ब ७७ करोडको कारोबार भएको हो ।
अधिकाशं कम्पनीको घट्दा थ्रीस्टार हाइड्रोपावरका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
वीन नेपाल लघुवित्तका लगानीकर्ताले भने सर्वाधिक गुमाएको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।



















