Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.47K
shares

काठमाडौं, ७ कात्तिक । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.४१ अंकले बढेर २,६४५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ र १३ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर पनि ६ अर्ब २७ करोडको कारोबार भएको हो ।

अधिकाशं घटेको शेयर बजारमा महुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ४.२८ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन हिमालयन बैंकका लगानीकर्ताले ४.०७ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स बैंकका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ग्रिन भेन्चरका लगानीकर्ताले ३.९३ प्रतिशतका दरले गुमाएका छन् भने प्रभु बैंकका लगानीकर्ता ३.८८ प्रतिशतका दरले गुमाएका छन् ।