शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक ११ आइतवार १५:१७
shares

काठमाडौं, ११ कात्तिक । साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । शेयर बजार ९.१९ अंकले घटेर २,६१७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ र ११ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर पनि ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।
शेयर बजारमा लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्
त्यसैगरी समृद्धि फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने कालीञ्चोक दर्शनका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन् ।



















