Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, २१३ कम्पनीको शेयर मूल्य बढ्यो

2.25K
shares

काठमाडौं, १२ कात्तिक । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.४१ अंकले बढेर २,६४५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ५ अर्ब ३४ करोडको कारोबार भएको हो ।

शेयर बजारमा जानकी फाइनान्स र डोल्टी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.०२ प्रतिशतको दरले घटेको छ ।