शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:१६
shares

काठमाडौं, १४ कात्तिक । बुधबार शेयर बजार १४.४३ अंकले घटेको छ । शेयर बजार १४.४३ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ र ५ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ५ अर्ब ९५ करोडको कारोबार भएको हो ।
शेयर बजारमा गुरास लघुवित्त र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका कमाएका छन् भने कुथेली बुखारीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । साथै सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।



















