Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य गिरावट, बढ्यो कारोबार रकम

3.46K
shares

काठमाडौं, २१ कात्तिक । बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार १.८८ अंकले घटेर २,६७५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ५ अर्ब २२ करोडको कारोबार भएको हो ।

शेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.५५ प्रतिशतको दरले घटेको छ ।