Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य वृद्धि, बढ्यो कारोबार रकम

3.21K
shares

काठमाडौं, २९ कात्तिक । बिहीबार शेयर बजार १३.९५ अंकले बढेको छ । शेयर बजार १३.९५ अंकले बढेर २,७४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर १० अर्ब १८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा स्वाभीमान लघुवित्त,अपर हेवाखोला हाइड्रोपावर र गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन रावा इर्नजीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९..१२ प्रतिशतको दरले गुमाएको छ ।