Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.22K
shares

काठमाडौं, ४ मंसिर । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५१.११ अंकले बढेर २,७०२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर १० अर्ब ४६ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा ङ्यादी ग्रुपकाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.९३ प्रतिशतको दरले घटेको छ ।

यसदिन समृद्धि फाइनान्सका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले गुमाएका छन् भने जानकी फाइनान्सका ८.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी धौलागिरी लघुवित्तका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले गुमाएका छन् भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ६.८५ प्रतिशशतका दरले गुमाएका छन् ।