शेयर बजारमा सामान्य अंकले वृद्धि, बढ्यो कारोबार रकम
वि.सं.२०८१ पुस १८ बिहीवार १५:०४
shares

काठमाडौं, १८ पुस । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४३ अंकले बढेर २,५८६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ६० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ङादी जलविद्युलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.०२ प्रतिशतको दरले गुमाएका छन् ।

















