सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ पुस १८ बिहीवार १५:१०
shares

काठमाडौं, १८ पुस । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४३ अंकले बढेर २,५८६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ६० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा न्यादी जलविद्युलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन सामुदायिक लघुवित्तका लगानीकर्तले ९.९६ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सिन्धु विकास बैंकका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् भने सुपर मादी जलविद्युलका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।

















