Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.73K
shares

काठमाडौं, १८ पुस । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४३ अंकले बढेर २,५८६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ६० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.०२ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन जानकी माइक्रोफाइनान्सका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी पोखरा फाइनान्सकका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले २.८३ प्रतिशतका दरले गुमाएका छन् ।