दोहोरो अंकले बढ्यो शेयर बजार, १५४ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ चैत २७ बुधवार १५:०९
shares

काठमाडौं, २७ चैत । बुधवार शेयर बजारमा दोहोरो अंकले बढेको छ । शेयर बजार १३.९० अंकले बढेर २,६८० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ८.०५ प्रतिशतका दरले गुमाएका छन् ।



















