Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.72K
shares

काठमाडौं, ३ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.७५ अंकले बढेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब २६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक र बलेफि जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स र राधि जलविद्युतका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।