Dhulikhel Eco Banner new

शेयर बजारमा ९७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.93K
shares

काठमाडौं, ३ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.७५ अंकले बढेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब २६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.५५ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले गुमाएका छन् भने रिभर्स फल्सका लगानीकर्ताले २.७० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, मन्दाकिनी जलविद्युतका लगानीकर्ताले २.५१ प्रतिशतका दरले गुमाएका छन् भने महालक्ष्मी ऋणपत्रका लगानकिर्ताले १.९७ प्रतिशतका दरले गुमाएका छन् ।