Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.87K
shares

काठमाडौं, १४ जेठ । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.५५ अंकले बढेर २,६९२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यसदिन ग्रिन विकास बैंक र पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, अरुण काबेली पावरका लगानीकताृले ६.५२ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले कमाएका छन् ।