शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ जेठ २६ सोमवार १५:२४
shares

काठमाडौं, २६ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २७.२९ अंकले बढेर २,६५७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ६८ करोडको कारोबार भएको हो ।
शेयर बजारमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी र डोल्टी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी, बुटवल पावर कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् भने माया खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् ।

















