शेयर बजारमा ११ अर्ब २३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार ५ बिहीवार १५:३८
2.31K
shares
shares

काठमाडौं, ५ असार । शेयर बजारमा ११ अर्ब २३ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८५ करोड ४४ लाख कारोबार भएको छ ।
यसदिन बुटवल पावरको ५८ करोड ९ लाख कारोबार भएको छ भने सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख लाख कारोबार भएको छ ।
त्यसैगरि, सानिमा माई हाइड्रोपावरको ४२ करोड २१ लाख कारोबार भएको छ भने राधी विद्युतको ३५ करोड ४३ लाख कारोबार भएको छ ।















