Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्दै

5.9K
shares

काठमाडौं, ६ असार । मितेरी डेभलपमेन्ट बैंकले ८९ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले सोमवार सूचना जारी गर्दै संस्थापक शेयर बिक्री गर्ने जानकारी दिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।साथै कम्पनीले ४३ हजार ७४० कित्ता संस्थापक शेयर वैशाख २५ गतेदेखि बिक्री खुला गरेकोमा उक्त शेयरमा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नआएकाले अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जानकारी दिएको छ ।

सो शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति अथवा संस्था आजको मितिले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय महेन्द्र पथ धरान १२ वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।