अनसनरत कोइराला प्रहरीको नियन्त्रणमा !
वि.सं.२०७९ असार ७ मंगलवार १५:५७
7.76K
shares
shares

काठमाडौं, ७ असार । पुँजी बजार सुधारको माग राख्दै आमरण अनसनमा बसेका तिलक कोइरालालाई प्रहरीले अस्पताल भित्रै बन्धक बनाएको छ । स्वास्थ्यमा समस्या देखिए पछि पाटन अस्पतालमा भर्ना भएका उनलाई अस्पताल भित्रै बन्धक बनाएको हो ।
उपचारका लागि पाटन अस्पतालमा लगिएका कोइरालाई प्रहरीले बन्धक बनाएको लगानीकर्ता एसपी चौलागाईँले जानकारी दिए । विगत ७ दिनदेखि धितोपत्र बोर्ड अगाडि अनसनमा बसकेका कोइरालाई मंगलबार विहान अस्पताल पुर्याइएको थियो । अस्पताले उनलाई डिस्चार्ज गरेको भए पनि प्रहरीले माथिको आदेश भन्दै बन्धक बनाएको चौलागाईले बताए ।

















