Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.91K
shares

काठमाडौं, ३ मंसिर । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.९८ अंकले घटेर २,५६१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा माबिलुङ इनर्जीका र दरमखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यसैगरी सागर डिस्टीलरी, हिमइस्टार उर्जा, बुङगल हाइड्रोपावरका लगानी कर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।