शेयर बजारमा ३ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर ३ बुधवार १५:३३
3.45K
shares
shares

काठमाडौं, ३ मंसिर। शेयर बजारमा पौने ३ अर्ब ७७ करोडको कारोबार हुँदा बरुण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २७ करोड ४० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सहास ऊर्जाको १९ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको १५ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको ११ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ भने सिनर्जी पावरको १० करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।
















