झिनो अंकले घटेको शेयर बजारमा यी ६ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर १६ मंगलवार १५:३२
shares

काठमाडौं, १६ मंसिर । मंंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.५३ अंकले घटेर २६४४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ४८ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा सागर डिष्टीलरी , स्वतिक लघवित्त, झापा इनर्जी, माविलुङ इनर्जी, बुङगल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन श्रीनगर एग्रीटेक इंडस्ट्रीजका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।



















