शेयर बजारमा दोहोरो अंकले गिरावट, कारोवार रकम भने बढ्यो
वि.सं.२०८२ मंसिर २८ आइतवार १५:१०
shares

काठमाडौं, २५ मंसिर । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.५० अंकले घटेर २५९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन सिटी होटल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.२६ प्रतिशतका दरले गुमाएका छन् ।

















