दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २८ आइतवार १५:२३
shares

काठमाडौं, २९ मंसिर । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.५० अंकले घटेर २५९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने एनएमबी लघुवित्त वित्तीय संस्था लिका लगानीकर्ताले ५.१९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडका लगानीकर्ताले ४.७० प्रतिशतका दरले कमाएका छन् भने सनराइज फर्स्ट म्युचुअल फण्ड ४.७० प्रतिशतका दरले कमाएका छन् ।

















