सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस २ बुधवार १५:१८
shares

काठमाडौं, २ पुस । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.१३ अंकले बढेर २,६२३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३१कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् भने माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.३३ प्रतिशतका दरले कमाएका छन् ।



















