नेप्सेमा दुई महिनापछि डेढ अर्ब माथि कारोबार
वि.सं.२०७९ असार १२ आइतवार १५:३६
shares

काठमाडौं, १२ असार । शेयर कारोबार हुने हप्ताको पहिलो दिन पुँजी बजारमा सुधार देखिएको छ । कारोबार हुने पहिलो दिन करिब ९५ अंकले बढ्यो भने कारोबार रकम पनि दुई महिनामा पछि डेढ अर्बभन्दा माथि पुगेको छ । लगानीकताहरुको पुँजी बजार साम्य भएसँगै पुँजीबाजरमा सुधार देखिएको छ ।
आन्दोलनरत शेयर लगानीकर्ता बजार फर्किपछिको पहिलो कारोबार भएको आइतबार नेप्से सूचक ९४.९२ अंकले बढेर १९५६.९८ अंकमा पुगेको छ । आइतबार २३० कम्पनीको २ अर्ब १९ करोड बढीको शेयर किनबेच भयो ।
सेयर लगानीकर्ता बजार फर्किपछि कारोबार रकम डेढ महिनापछि दुई अर्ब माथि पुगेको हो । यस अघि वैशाख २९ गते २ अर्ब २७ करोड बराबरको सेयर कारोबार भएको थियो । आइतबारको बजारमा २१ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । थप ३१ कम्पनीको सेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।















