Dhulikhel Eco Banner new

नवनिर्वाचित महानगर प्रमुख–उपप्रमुखलाई प्रमाणपत्र

5.97K
shares

काठमाडौं,७ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा विजयी हुने जनप्रतिनिधिलाई आज यहाँ आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरियो ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालले महानगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायत सम्पूर्ण १९ वडाका अध्यक्ष तथा सदस्यलाई निर्वाचित प्रमाणपत्र वितरण गरे। सो अवसरमा महानगरप्रमुख कोइरालाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्योपचारका लागि चाँडै महानगर अस्पताल निर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख कार्कीले पालिकालाई ‘महिला मैत्री’ बनाउने उद्देश्यले कार्य गर्ने बताउँदै महिला सीपमूलक तालिम, सुकुम्वासीमुक्त सहर निर्माण गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, प्रहरी, प्रशासन एवं सञ्चारकर्मीको ठूलो भूमिका रहेको जनाउँदै धन्यवाद ज्ञापन गरे।