Dhulikhel Eco Banner new

विश्व वातावरण दिवसमा मारवाडी युवा मञ्चको साईकल र्‍याली

6.85K
shares

काठमाडौं, २१ जेठ । विश्व वातावरण दिवसको अवसरमा शनिबार काठमाडौंको बसन्तपुरबाट साईकल र्‍याली निकालिएको छ । ‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ मारवाडि युवा मञ्चको आयोजनामा र्यालीको आयोजना गरिएको हो ।

साईकल र्‍यालीमा वातावरणसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको सहभागिता थियो । र्‍यालीको उद्घाटन गर्दे काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले गरेकि थिइन् । र्याली बसन्तपुरबाट सुरु भएर पाटनमा पुगेर सकिएको मारवाडि युवा मञ्चका अध्इष शैलेन्द्र शर्माले जानकारी दिए । उप मेयर डंगोलले वातावरण संरक्षका लागि युवाहरु अग्रसर हुनु पर्ने बताइन् ।

मारवाडी युवा मञ्चका अध्यक्ष शर्माले जलवायू परिर्वतनको असर नेपालमा पनि देखा पर्न थालेको र यसले मानवजीवनमा प्रत्यक्ष असर पारेको भन्दै युवा जगतलाई सचेत हुन आग्रह गरेका थिए ।