देउवा निवासमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
वि.सं.२०८१ असार १९ बुधवार ११:३६
3.63K
shares
shares

काठमाडौँ, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।

















