Dhulikhel Eco Banner new

नूनको मूल्य बढ्यो

4.46K
shares

काठमाडौं, १९ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ।