तोलामा चार सयले बढयो सुनको मुल्य
वि.सं.२०८१ असार १९ बुधवार १०:५९
3.46K
shares
shares

काठमाडौं, १९ असार । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
मङगलबार तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ४ सय बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदीको पनि मूल्य पनि बढेको छ । मङगलबार चाँदीको मुल्य प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मुल्य २० रुपैयाले मूल्य बढेर १ हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
















